Breaking

रत्नपार्कको अवैध संरचना भत्काउन थालियो


काठमाडौँ – काठमाडौँ महानगरपालिकाले आइतबार रत्नपार्क वरपरका अवैध संरचना भत्काउन सुरु गरेको छ ।

आइतबार बिहान महानगरपालिकाको टोलीले रत्नपार्क वरपर फुटपाथ मिचेर बनाइएका संरचना हटाउन सुरु गरेको हो । महानगरले रत्नपार्कको सबवेसँगैका संरचना भत्काइदिएको छ ।

पछिल्लो समय काठमाडौँ महानगरपालिकाले पार्किङ तथा फुटपाथ मिचेर बनाइएका संरचना हटाउने कार्यलाई तीव्रता दिएको छ ।