Breaking

अनेरास्ववियुको काउन्टर प्रदर्शनले त्रिविमा तनाव, ३ घाइते


काठमाडौँ — त्रिभुवन विश्वविद्यालय प्रशासनले पत्रकार सम्मेलन गर्न खोज्दा विद्यार्थीको समूहले विथोल्ने प्रयास गरेको छ ।

त्रिवि प्रशासनले पत्रकार सम्मेलन गर्न खोज्दा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले सम्मेलन नगर्न दबाब दिएको थियो । त्रिवि प्राध्यापक प्रेम चलाउनेलाई मरणासन्न हुनेगरी कुटपिट गर्ने योगेन्द्र रावलले त्रिवि प्रशासनलाई दबाब तथा विरोधबाजी गरेपछि स्थिति तनावपूर्ण बनेको थियो । त्यसै क्रममा नेकपा एमाले निकट अनेरास्ववियुले काउन्टर प्रदर्शन गर्‍यो । त्यसपछि दुईपक्षबीच झडप भएको छ । घटनामा दुई विद्यार्थी र एक जना प्रहरी घाइते भएका छन् ।

प्रहरी वृत्त, कीर्तिपुरका अनुसार त्रिविको पत्रकार सम्मेलन भइरहेका बेला नेविसंघ र अनेरास्ववियुबीच विवाद भएको हो ।

त्रिविले गृह प्रशासनसँग माग्यो सुरक्षा