Breaking

त्रिविले गृह प्रशासनसँग माग्यो सुरक्षा


काठमाडौँ – त्रिभुवन विश्वविद्यालय ९त्रिवि० ले सरकारसँग सुरक्षा मागेको छ ।

त्रिविले विज्ञप्ति जारी गरी विश्वविद्यालयजस्तो प्राज्ञिक थलोमा दैनिकजसो पदाधिकारीलाई धम्क्याउने, तालाबन्दी गर्ने र तोडफोडजस्ता क्रियाकलाप हुने गरेको भन्दै सरकारसँग शान्ति सुरक्षा मागेको हो ।

विज्ञप्तिमा नेपाल विद्यार्थी सङ्घ ९कीर्तिपुर० का विद्यार्थीको समूहले तालाबन्दी गर्ने, घेराउ गर्ने, पदाधिकारी तथा कर्मचारीलाई धम्क्याउने, त्रिविको दैनिक काम–कारबाही गर्दा बारम्बार कार्यालयमा जबर्जस्ती प्रवेश गरी अवरोध सिर्जना गर्ने गरेको आरोप छ । पदाधिकारीको कार्यकक्षमा प्रवेश गर्ने तथा तोडफोड गरिँदा असुरक्षित भएकाले शान्ति सुरक्षा माग गरिएको विज्ञप्तिमा उल्लेख छ ।