काठमाडौँ – भीषण बाढीका कारणमा पाकिस्तानमा ठूलो मात्रामा जनधनको क्षति भइरहेको छ । पाकिस्तानी सञ्चारमाध्यमका अनुसार पाकिस्तानको आधाभन्दा धेरै भाग अहिले बाढीको चपेटामा छ ।
बाढीका कारण अहिलेसम्म ३ सय बालबालिकासहित हजारभन्दा धेरै जनाको मृत्यु भइसकेको छ । डन अखबारका अनुसार बाढीका कारण ३ करोड ३० लाखभन्दा धेरै मानिस प्रभावित भएका छन् । बाढीको असर सबैभन्दा धेरै सिन्ध, बलुचिस्तान र खैबर पख्तुनख्वाहमा देखिएको छ । बाढीका कारण अहिलेसम्म सिन्धमा सबैभन्दा धेरै ३३९ जनाको मृत्यु भएको छ ।
यसैबीच पाकिस्तानमा आएको बाढीएको एउटा भयानक दृश्य सार्वजनिक भएको छ ।
सामाजिक सञ्जालमा भेटिएको त्यो दृश्य हेर्नुहोस् :


प्रतिक्रिया