काठमाडौँ — कुशे औंसी अर्थात् आजबुबाको मुख हेर्ने दिन । देशैभर आजको दिन आफ्नो पितालाई मिठो खाना र राम्रा कपडा दिएर सम्मानगरेर मनाइएको छ । पिता जिवित नहुनेहरुले भने तीर्थस्थलमा भई आफ्ना पीतालाई स्मरण गरेका छन् । वैदिक सनातनहिन्दू धर्मका अनुसार भाद्र कृष्ण अमावास्यकादिनलाई विशेष रुपमालिने गरिन्छ । आज त्यही भाद्र कृष्ण अमावास्यया निकीपीतृलाई विशेष पूज्ने दिन । बुबाको श्रद्धासाथ मुख हेर्ने यसदिनको औँसीलाई गोकर्णे औँसी र कुशे औँसीकानामले पनि मनाइने चलन छ । ‘पितृदेवो भवः’भन्ने धार्मिक मान्यता अनुसार यस दिन छोराछोरीले आफ्ना पीतालाई श्रद्धापूर्वक रुचि अनुसारको खानाखुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्छ । बाबु परलोक भइसकेकाले गोकर्ण अथवाअन्यतीर्थस्थलमागई तर्पण तथा सिदादान गरेमा पुण्य मिल्नाका साथै आफ्नो कुल स्थिर हुने धर्मग्रन्थमानै उल्लेख छ ।
उत्तरगया भनेर चिनिने काठमाडौँको उत्तरपूर्वी भेग स्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा कुशे औँसी तथा बुवाको मुख हेर्ने दिनमाविशेष मेलालाग्ने गर्छ । आज गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत पीताको नाममातर्पण, पिण्डदान तथा सिदादान गर्नेको निकै ठूलो भीड लागेको थियो । आधुनिकताको खोल ओढेर सनातन संस्कारमाथि खिस्सीट्यूरी गर्ने जमात बढिरहेको अवस्थामापीतालाई श्रद्धासाथ स्मरण गर्नेहरु उल्लेख्य देखिन्थे । संसार चिनाउने आफ्ना भगवान्रुपीपितालाई आजका दिनउनीहरुले यसरी सम्झीएका छन् ।
आजको दिनथोरै दान गरे पनि हजारौँ गुणा बढी फलपाइने भएकाले यसलाई पुण्य पर्व पनि भनिन्छ । अरू दानदुःखीगरिबलाई दिएपनि सङ्कल्प गरेर दिने दान सुपात्रमै दिँदादिने र लिने दुवैको भलो हुने शास्त्रीय मान्यता छ । नेपाली संस्कृतिमा सबैलाई आ–आफ्नो ठाउँमा समान स्थानदिने गरिन्छ । ठूलालाई आदर र सानोलाई मायादिने संस्कृति हाम्रो परम्परा देखि नै चलिआएको हो ।त्यसमा पनि संसारमा ज्ञान एवं कर्मको दिव्यज्योति प्रदान गरेर अघि बढ्न सिकाउने पीताप्रतिआजको दिनविशेष भनेर धर्मशास्त्रले छुट्याएको छ । यो पर्वले बुबा र सन्तानको सम्बन्ध सुमधुर गर्नुको साथै परिवारमा सद्भाव कायम राख्नविशेष भूमिका खेल्ने गरेको छ ।


प्रतिक्रिया