काठमाडौँ — नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले निष्पक्ष निर्वाचनको सुनिश्चितता गर्न सरकारसँग माग गर्नुभएको छ । आज काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन निष्पक्ष र धाँदलीरहीत हुनुपर्नेमा जोड दिनुभएको हो ।
उहाँले यस अघिका निर्वाचन पनि नेपाली काँग्रेसले इमान्दारिता पूर्ण गरेको र अहिले पनि काँग्रेसकै नेतृत्वमा सरकार रहेकोले धाँदलीरहीत निर्वाचन गराउनतर्फ सरकार लाग्नुपर्ने बताउनु भयो ।


प्रतिक्रिया