Breaking

‘प्रकाश’ लाई विभेद गरिएको भन्दै फिल्म टिमको आपत्ति


काठमाडौँ — अभिनेता प्रदीप खड्काको अभिनय रहेको फिल्म ‘प्रकाश’ लाई विभेद गरिएकोे भन्दै फिल्म टिमले आपत्ति जनाएको छ । शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै फिल्म निर्माता महेन्द्र अधिकारीले आफूहरू अन्यायमा परेको महसुस भएको बताए । प्रकाश फिल्म दर्शकको लागि बनाइएको भन्दै दर्शकले चाहेको कुनै पनि समयमा फिल्म हेर्न पाउनुपर्नेमा वितरकले ध्यान दिनुपर्ने उनको भनाइ थियो। उनले आफूले गरेको दुःखलाई दर्शकले हेर्न नपाउनु दुःखद् भएको भन्दै आक्रोश पोखे । आफ्नो फिल्मको अब ३ शोमात्रै बाँकी भएको भन्दै उनले भने,‘१२ बजे, १ बजे, त्यो भन्दा बढी शो नै छैन ।

एउटा क्वि.एफ.एक्स भेन्युमा ३ वटा हल हुन्छ । त्यसमा एटलिस्ट एउटा शो त हामीलाई आउनुपर्यो नि त । प्राइम टाइमदेखि अफ टाइमदेखिको शो हुन्छ । उनले आफूले बनाएको फिल्मबारे केही नभन्ने भन्दै फिल्मको जज दर्शकले नै गर्ने धारणा राखे। अधिकारीले आफूले बनाएको चलचित्र दर्शकले समयमै हेर्न पाउनुपर्ने माग गरे ।

उनले भने,‘बिहान, दिउँसो, बेलुका र रातको समयमा हेर्न पाउनुपर्यो। हामी कति हेपिएर बस्ने रु विदेशी चलचित्रमात्र देखाउन पाउने भन्ने छ र उनले अब सरकारी तवरबाटै आफ्नो फिल्म प्रदर्शनबारे सोचेर आगामी दिनमा राम्रो चलचित्र कसरी बनाउने हो रु भनेर त्यसबारेमा पनि सिकाइदिन सम्बन्धित निकायसमक्ष आग्रह गरे ।

उक्त चलचित्रका अभिनेता प्रदीप खड्काले फिल्म प्रदर्शन खुला प्रतियोगिता भएको भन्दै पूर्वाग्रही भयो कि भएन त्यो चाहिँ ठूलो कुरा भएको बताएका छन्। उनले भने,‘हाम्रो फिल्मको आउटलुक हेर्दा आम मानिसलाई कभर गर्न नसक्ला भनेर आकलन गरे पनि कसैले फिल्म झुर छ, राम्रो छैन भनेर ट्यागै त लगाउन भएन नि ।’ वितरकले फिल्म नहेरी प्रदर्शनमा रोक लगाउन खोजेको र हेरेका दर्शकहरूले राम्रो प्रतिक्रिया दिइरहेको उनको भनाइ छ ।

उनले ललितपुरको सबैभन्दा ठूलो हल लाबिम मलमा रहेको उल्लेख गर्दै उक्त हलमा पनि ३ बजेपछि शो नै नभएको बताए । उनले भने,‘साना हलहरूले बिहान, दिउँसो र बेलुका शो दिइराखेका छन्, तर ठूला हलहरूले अरू फिल्मलाई ५ बजेपछि दुई दुई शो दिने गर्छन् ।’खड्काले प्रकाश फिल्म वैचारिक फिल्म भएको दाबी गर्दै देशभरका दर्शकले आफूलाई हलमा फिल्म हेर्न चाहे पनि शो नै नभएको भन्दै खबर पठाएको सुनाए ।

नायक खड्काले आफू अभिनित प्रकाश चलचित्रलाई पर्याप्त शो नदिइए र यस्तै समस्या भइरहे चोक–चोकमा प्रोजेक्टर लगाएर भए पनि चलचित्र देखाउने बताए । वितरकले आफ्नो फिल्मप्रति सहानुभूति नदेखाएको उनको गुनासो छ । वितरकले सबै फिल्मलाई बराबर प्रदर्शन गर्नुपर्ने जोड दिँदै उनले भने,‘फिल्म चलेन भनेमात्र अर्को फिल्म दिनुपर्छ, फिल्मको रेस्पोन्स नै नहेरी र विश्लेषण नै नगरी यस्तो गर्नुमा मैले चाहिँ कहीँ न कहीँ नियतमै खोट देखेको छु ।’