काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार धरान पुगेर वृक्षारोपण गरेका छन् । प्रचण्ड बिहान जहाजबाट विराटनगर उत्रिएपछि धरान पुगेर वृक्षारोपण गरेका हुन् ।
प्रचण्ड धरान पुगेर प्रदेश नं १ को केन्द्रीय कमिटी सदस्यहरुको बैठकमा सहभागी हुनेछन् । त्यसअघि उनी सर्दुखोला जलाधार क्षेत्रमा पुगेर विरुवा रोपेका हुन् । विरुवा रोप्ने क्रममा धरानका मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्रविक्रम वेघा पनि सहभागी भए ।


प्रतिक्रिया