Breaking

ओलीको अहंकारले एमालेलाई क्षति,चुनौती बन्दै सत्ता गठबन्धन, किन चेत्दैनन् ओली ?


काठमाडौँ — आन्तरिक रुपमा देखिएका समस्या समाधानप्रति बेवास्ता र मजबुत बन्दै गएको सत्ता गठबन्धनका कारण एमालेमाथि चुनौतीको चाङ छ । जसले आगामी निर्वाचनमा अनपेक्षित अवस्था भोग्नुपर्ने स्वयम एमालेकै आन्तरिक मुल्यांकन पनि छ । यसरी भित्रभित्रै चौतफी घेराबन्दीमा पार्टी पर्दा पनि अध्यक्ष ओलीको अहंकारमा भने कमी आएको छैन । नजिकिदो निर्वाचनका कारण चुनावी तयारीका लागि दलहरुले दौडधुप बढाएका छन ।

उनीहरुको यो दौडधुपमा कसैलाई सिटको चिन्ता भएपनि एमालेलाई भने कसरी गठबन्धनविरुद्ध लड्ने भन्ने चिन्ताले सताएको देखिन्छ । अहिलेसम्मको अवस्था हेर्दा ८ दल विरुद्ध एक्लै लड्नुपर्ने देखेको एमाले यो यर्थाथताले भित्रभित्रै चिन्तित देखिएको छ ।अध्यक्ष केपी शर्मा ओलीवाहिर देश एमालेमय भएको तथा आगामी निर्वाचनमा वहुमत प्राप्त गर्ने अभिव्यक्ती दिने गरेपनि भित्र भने उनी जिम्मेबार तरिकाबाट अघि बढ्न सकेका छैनन् ।

केवल सत्ताधारीलाई गाली गर्ने र आफ्ना विगतका कार्य औचित्यपूर्ण थियो भन्ने पुष्टि गर्न नै उनी व्यस्त देखिएका छन । यो गठबन्धनमा बढ्दो संख्याले आफूलाई अझ संकट थपिने वुझेका उनी आफूले चाहे एक हप्तमा गठबन्धन फुटाईदिने अभिव्यक्तीमै रमाईरहेका छन । बाहिर दिने अभिव्यक्ती र यर्थाथताको फरक वुझेको एमालेले यसैवारे छलफल गर्न सचिवालय पोलिटब्यूरो र स्थायी कमिटिको बैठक बसिरहेको छ ।

तर गठबन्धनसंग कसरी लड्ने एकमात्र लक्ष्य राखिएका यी वैठक केवल ओलीको निर्देशन सुन्न थलोमात्र बनेका छन । दश बुँदेमार्फत भित्रिएका दशभाईलाई कसरी सक्रिय बनाउने,पुर्व माओवादीलाई कसरी प्रयोग गर्ने भन्नेमा वैठक केन्द्रीत भएको छैन । बरु अरु दलका नेता तान्न व्यस्त देखिएका उनी नवप्रवेशीलाई पार्टीभित्र अन्र्तघातीहरु रहेको भन्दै उनीहरुबाट बच्न आग्रह गर्दै आएका छन ।

आगामी निर्वाचनमा पनि अव आफूसंग विकल्प केहि वाँकि नरहेको देखेका ओली अहिले आत्मवल वलियो बनाएर लागि पर्न कार्यकर्तालाई निर्देशन दिदै आएका छन । अहिलेसम्पूर्ण विरोधीहरु एकजुट भएर लागेका कारण एमाले विरुद्धमा भ्रम फिजाउन खोजिरहेको बताउँदै आएका उनले एकजुट भएर लागि परे विजय हासिल हुने बताउने गरेका छन । तर व्यवहार र तयारी भने त्यो अनुरुपको देखिएको छैन ।

यतिवेला एमालेमाथि राष्ट्रपतीलाई राजिनामा गराएर चुनावी मुद्धा बनाउन खोजेको आरोप समेत लागेको छ । त्यस्तै त्यो राष्ट्रपतिजस्तो सम्मानित संस्था नै आफू अनुकुल प्रयोग गरेको आक्षेप ओलीमा लाग्ने निश्चित छ । यसले एमालेको उपस्थिती यसैपनि कमजोर रहेको मदेशमा एमालेलाई आगामी निर्वाचन अझ संकटपूर्ण हुने देखिन्छ । तर न त उसंग चमत्कारी नयाँ विकल्प नै छ न त आफैले विरोध गरेजस्तो गरेको एमसीसी र नागरिकता विधेयकलाई चुनावी मुद्धा नै बनाउन सकेका छन् ।

यता स्थानीय तहको निर्वाचनमा पोखरामा अन्र्तघात भएको प्रष्ट भएपनि उनी कारबाहीमा अघि बढेका छैनन् । आफु निकट भएकै कारण अन्तर्घातीलाई कारबाही नगरेका उनले दशभाईलाई भने यो निर्वाचनमा पनि पेलेर अघि बढ्ने तयारी गरिहेको छन । तर पार्टीभित्रकै एक खेमा भने गल्ति स्वीकारेर बाम शक्तिबीच नै एकता गर्नुपर्ने विषयलाई जोड दिइरहेका छन् ।


अहिले प्रस्ताव गरिएको समाजवादी केन्द्र निर्माणको कुरा सकारात्मक रुपमा अघि बढे कम्युनिष्टको नयाँ धुव्रीकरण सूरु हुने र एमाले एक्लिन चिन्तामा पनि एमाले नेताहरु छन । त्यस्तै आगामी निर्वाचनमा केहि साना दलसंग सहकार्य गर्ने कुरापनि निष्कर्षमा पुगेको छैन । राप्रपा लगायतका शक्तीसंगको भेटघाट केवल चियागफमै सिमित बन्दा सत्ता गठबन्धनमा फुट ल्याउने प्रयास पनि असफल भएको छ । तर ओली भने जुंगामा ताउ लाउन र सम्भावित दाउ खोज्नमै व्यस्त छन ।