Breaking

समाजवादीको वर्ष दिन, देउवा–प्रचण्डसँग माधवको हारगुहार, अस्तित्वको अन्तिम लडाइँ


काठमाडौँ — नेकपाएमालेभित्रको विद्रोह हुँदै विभाजनले जन्माएको नेकपाएकिकृत समाजवादी पार्टी निर्माणको वर्ष दिनपुरा भएको छ । तर शीर्ष नेतृत्व पार्टीको सांगठनिक जगनिर्माणमा भन्दामाओवादी केन्द्रसँगको एकताको जोडवलले पार्टी एक वर्षमै अस्तित्व रक्षाको अवस्थामा देखिएको छ । नेकपाएमालेबाट अलग्गिएर बनेको नयाँकम्युनिष्ट पार्टी नेकपाएकिकृत समाजवादी पार्टी निर्माण भएको एक वर्षपुगेको छ । २०७८ भदौ ९ नेकपाएकीकृत समाजवादी पार्टी निर्वाचनआयोगमादर्ता भएको थियो ।

त्यसैले पाटीर्ले पुर्नगठन दिवस नै मनाएको छ ।एमालेभित्रअध्यक्ष केपीशर्मा ओलीले एकपक्षीय र एकलौटी गरेको, वैचारिक मान्यतामाविचलितभएको आरोपलगाएर माधवकुमार नेपाल समूहएमालेबाट बाहिरिएको थियो । नयाँदलगठनसँगै एकीकृत समाजवादी रुढ दलबन्यो ।गठबन्धनमै रहेर स्थानीयतहनिर्वाचन लड्यो ।

तर पार्टीले स्थानीयतहको निर्वाचनमाआँकलन गरे अनुरुपजनमतपाएन ।दुई पूर्व प्रधानमन्त्रीभएको पार्टी आफ्नो राजनीतिकदिशामा प्रष्ट देखिएपनिपार्टीभित्रमौलाएको पदको लोभ र कार्यकर्ता माझआएको विचलनकाकारण सकसमा छ । पार्टीभित्र गुटको राजनीतिमौलाउँदा असन्तुष्टि मात्र बढेको छैन, पार्टीभित्रको विवाद सतहमै पोखिरहेको छन ।

आफ्नो पार्टी व्यवस्थापनकालागि अध्यक्ष माधवकुमार नेपाल पटक पटकमाओवादी केन्द्रकाअध्यक्षपुष्पकमलदाहालप्रचण्ड र कांग्रेस सभापतिशेरबहादुर देउवाको साथखोज्न बाध्यबन्दै आएका छन् । फलतअध्यक्ष नेपाल पार्टी निर्माणको वर्षदिननवित्दै बामधूर्विकरणका नाममामाओवादीसँगएकताको कसरतमा छन । खर्थात् एकिकृत समाजवादीमाओवादीसँगविलयहुने लयमालागेको छ । यसलाई नेताहरु समाजवादीको विलयनभई कम्युनिष्ट एकताको रुपमा चित्रण गर्छन ।

पार्टी स्थापनाको एक बर्ष नपुग्दै एकीकृत समाजवादीलाई माओवादी केन्द्रसँगजोड्ने क्रम बढ्दो छ । आसन्ननिर्वाचनमा एउटै घोषणापत्र र त्यस लगत्तै एकतागर्न कार्यदलबनाउने सहमतिमाओवादी केन्द्र र एकीकृत समाजवादीबीच भैसकेको छ । पार्टी संयन्त्रचुस्तहुननपाउँदै अन्यदलसँगएकताको लागि दौडधुप गर्नुलाई अस्तित्व रक्षाको उपायका रुपमाविश्लेषण हुने गरेको छ ।

अहिलेको सत्ता गठबन्धनलाई उपयोग गर्दै शक्ति बढाउने रणनीतिमा एकीकृत समाजवादी छ । माओवादी केन्द्र र एकिकृत समाजवादीमिलेजस्तो गरेरै भएपनि नेपालीकांग्रेससँग शक्ति बाँडफाँटमा दावावदिइरहेका छन् । एकिकृत समाजवादी पार्टीको भविष्य गठबन्धनले दिने सिट र निर्वाचनमाजित्ने सिटले तय गर्नेछ ।

सिट संख्यापाउन गठबन्धनभित्र सिटको मोलमोलाई र चुनावमाजितहाँसिलएकिकृत समाजवादीको भविष्यनिर्धारण गर्नेछ । जति सके धेरै सिट संख्याआफ्नो पक्षमापार्ने र प्राप्त सिट संख्यामाजितहांसिलगर्न नसकेन अध्यक्षमाधवकुमार नेपालको अवस्थामापनितत्कालिनमालेका बामदेव गौतमको अवस्थामापुग्ननसक्लाभन्न सकिन्न ।