काठमाडौँ — काठमाडौँ महानगपालिकाका मेयर बालेन साहले नक्सा मागे पछि अफिसमा आएर डोजर र नक्सा लिएर गएको कताएका छन् । अल्फाबिटा कम्लेक्समा डोजर चलाएका काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आफूले केही नबिराएको बताएका छन् । उनले सामाजिकसंजाल फेसबुकमा एक स्टाटस लेख्दै यस्तो भनेका हुन् ।
उहाले आफ्नै नक्सा मलाइ माग्नु भयो । मैले अफिस गएर नक्सा र डोजर लिएर गए । मैले के बिराए । अब उपरान्त यस्तो गर्न नपरोस , सबैले आफै बुझेर अबैधानिकरुप मा बनाइएको सम्रचना हटाइ दिनु होला । नक्सा जसरी पास भएको छ , त्यहि अनुसार बनाइ दिनु होला ।

अल्फाबिटा कम्प्लेक्सको अवैध संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ । पार्किङका लागि छुट्याइएको स्थानमा समेत कम्प्लेक्सले व्यापारका लागि संरचना बनाएको पाइएपछि महानगरपालिकाले बिहीबार दिउँसो डोजर चलाएको हो। यसअघि कम्प्लेक्सका मालिकले अवैध संरचना हटाउन भन्दा उल्टै मेयर बालेन शाहसँग सवाल जवाफ गरेका थिए ।


प्रतिक्रिया