काठमाडौँ — काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरस्थित अल्फाबिटाको अनधिकृत संरचना आजै भत्काउने भएको छ । अल्फाबिटाका सञ्चालकले दाबी गरेजस्तो ती संरचनाहरू नक्सा पास गरेर बनाएको नपाइएपछि भत्काउन जान लागेको काठमाडौंका मेयर बालेन शाहका स्वकीय सचिव भूपदेव शाहले जानकारी दिए । निरीक्षण गर्न जाँदा अल्फाबिटाका सञ्चालकले दाबी गरेको जस्तो देखिएन,’ उनले भने, ‘अब त्यो भत्काउन हामी जाँदै छौं ।’
बिहीबार अनुमतिबिना बनाइएका अवैध संरचना निरीक्षण गर्ने क्रममा मेयर शाह नयाँ बानेश्वरस्थित अल्फाबिटा पुगेका थिए ।अल्फाबिटाले पार्किङको लागि छुट्याएको ठाउँमा व्यापारिक प्रायोजनको संरचना बनाएको पाइएपछि मेयर शाहले त्यो हटाउन भनेका थिए । त्यस क्रममा शाहले अल्फा बेटा ग्रुपका सञ्चालक द्विराज शर्मालाई भवन निर्माणको नक्सा मागेका थिए तर शर्माले नक्सा आफूसँग नभएको बताए । त्यसक्रममा मेयर शाह र सञ्चालक शर्माबी चर्काचर्की परेको थियो ।
महानगरपालिका भित्रका अनधिकृत संरचनाहरु हटाउने अभियानलाई तीव्रता दिनुभएका मेयर बालेन्द्र शाहले आक्रोश व्यक्त गर्नु भएको छ । बिहीबार बिहान काठमाडौंको नयाँबानेश्वरस्थित अल्फाविटा कम्प्लेक्समा बनाइएको अनधिकृत संरचना हटाउन दिइएको निर्देशनलाई निर्देशक द्विराज शर्माले नमानेपछि मेयर शाह आक्रोशित हुनु भएको हो । त्यसक्रममा मेयर शाहले त्यहाँ अनधिकृत रुपमा संचालनमा ल्याइएको फार्मेसी बन्द गर्न निर्देशन दिएलगत्तै कम्प्लेक्सका निर्देशक शर्माले ‘सरकारसँग अनुमति लिएर आफूले सो संरचना बनाइएको’ जिकीर गर्नु भयो ।
त्यसपछि मेयर शाहले ‘नक्सा देखाउन’ शर्मासँग आग्रह गर्नु भयो । ‘हजुरसँग हुनुपर्ने’ निर्देशक शर्माको जवाफ थियो । त्यसपछि मेयर शाह ‘’तपाईको घरको नक्सा अरुसँग हुन्छ रु भन्दै आक्रोशित हुनु भयो । त्यसलगत्तै निर्देशक शर्माले ‘तपाई हाम्रो जनप्रतिनिधि भएर आवेशमा आएर नबोल्नुस्’ भनेपछि मेयर शाह केही शान्त मोडमा देखिनु भयो । ‘३५ दिने सूचना दिएको र त्यसअवधिमा पनि खाली नभएपछि आफू अनुगमनमा निस्किएको’ उहाँको भनाई थियो ।
मेयर शाह र कम्प्लेक्सका निर्देशक शर्माबीचको सवालजवाफ नै भयो । ‘यो संरचना तत्काल हटाउनुस् । तपाईले यहाँ खोल्न पाउनु हुन्न । नखोलौं केही छैन । मैले व्यवसाय गर्ने भनेर सरकारसँग अनुमति लिएको छु । ल्याउनुस त छ भने । हजुरसँग हुनुपर्ने तपाईको घरको नक्सा मसँग हुनुपर्छ नगरपालिकासँग के हुन्छ त यहाँनिर यत्रो नोटिस दिएको छ ।
यो के हो त ३५ दिने सूचना दिई खाली गर्न भनेर नोटिस दिएको छैन रु तपाईको घरको नक्सा अरुसँग हुन्छ अनि मैले कसरी गर्ने खाली रु तपाई आवेशमा आएर नबोल्नुस् । तपाई हाम्रो जनप्रतिनिधि होइन मैले करोडौ कर राज्यलाई तिरेर व्यवसाय गरेको हुँ ।’
अनधिकृत रुपमा बनाइएका संरचनाहरु खाली गर्न काठमाडौं महानगरपालिकाले ३५ दिने सूचना जारी गरेको थियो । तर, त्यो सूचनाको अवज्ञा भएपछि मेयर शाहले आफ्नै नेतृत्वमा त्यस्ता अनधिकृत रुपमा बनाइएको भौतिक संरचनाहरु हटाउने काम सुरु गर्नु भएको हो । मेयर शाहले अनुमतिविना संचालनमा आएका संरचनाहरु हटाउनका लागि काठमाडौं महानगरका कर्मचारी, सुरक्षाकर्मी र ट्राफिक प्रहरी समेत परिचालन गर्नु भएको छ ।


प्रतिक्रिया