काठमाडौँ — नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीले सैनिक रपूर्वसैनिकसँग नागरिकता विधेयकबारे परामर्श गर्नु संविधान अनुकूल नभएको बताएका छन् ।
भट्टराईले बिहीबार ट्विट गर्दै राष्ट्रपतिलाई संविधानले स्वविवेकीय अधिकार नदिएको उल्लेख गरेका छन् । ‘नागरिकता विधेयकलाई जोडेर राष्ट्रपतिले सैनिकरपूर्वसैनिक अधिकारीसंग ‘परामर्श’ गरेको खबर साँचो हो भने त्यो नेपालको संविधान अनुकूल भएन,’ उनले लेखेका छन्, ‘नेपालको संविधानले राष्ट्रपतिलाई कहींकतै स्वविवेकीय अधिकार दिएको छैन।चुनावको मुखमा राष्ट्रवादी उत्तेजना फैलाएर अमूक दलरनेतालाई सघाउन खोजेको भए झन् भएन!’
राष्ट्रपति भण्डारीले बुधबार शितल निवास बोलाएर सैनिकरपूर्वसैनिकसँग भेट गरेकी थिइन् । त्यहाँ बहालवाला प्रधान सेनापति र पूर्वप्रधान सेनापतिहरूलगायत पुगेका थिए ।
राष्ट्रपतिले ‘धन्यवाद दिन’ भन्दै पूर्वसैनिक अधिकारीलाई निम्त्याएकी थिइन्, सो क्रममा रात्रीभोज पनि भएको थियो ।
राष्ट्रपति नेपाली सेनाको परमाधिपतिसमेत हुन्।
राष्ट्रपति भण्डारीले पूर्वसैनिक अधिकारीहरूसँग विभिन्न विषयमा कुराकानी गरेकी थिइन् । प्रतिनिधि सभाबाट हालै दोस्रो पटक पारित नागरिकता संशोधन विधेयकबारे पनि त्यहाँ कुरा उठेको थियो ।


प्रतिक्रिया