Breaking

गृहमन्त्री खाण र प्रधानसेनापति शर्माबीच भेटवार्ता


काठमाडौँ — गृहमन्त्री बालकृष्ण खाण र प्रधानसेनापति प्रभुराम शर्माबीच भेटवार्ता भएको छ ।

गृह मन्त्रालयमा बुधबार भएको भेटमा राष्ट्रिय सुरक्षा अवस्थाबारे छलफल भएको जनाइएको छ । भेटमा वर्तमान सुरक्षा अवस्था, निर्वाचनमा सुरक्षा चुनौतीलगायत मुलुकको समग्र सुरक्षा अवस्था र चुनौतिबारे सघन छलफल भएको गृहमन्त्रीको निजी सचिवालयले जनाएको छ ।