काठमाडौँ – नेकपा एमालेको पोलिटब्युरो बैठक बस्दै छ । बिहीबार बिहान ११ बजेका लागि पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बोलाइएको प्रचार विभागले जानकारी दिएको छ ।
आजको बैठकमा भोलि (१० भदौ) बाट सुरु हुन केन्द्रीय कमिटी बैठकको तयारीबारे छलफल हुने बताइएको छ । केन्द्रीय कमिटी बैठकमा प्रस्तुत हुने राजनीतिक प्रतिवदेनबारे बैठकमा अध्यक्ष केपी शर्मा ओलीले जानकारी दिनेछन् । भोलि र पर्सि दुई दिन केन्द्रीय कमिटी बैठक बस्दैछ । यस्तै १२ गते केन्द्रीय निर्वाचन परिचालन कमिटी बैठक आयोजना हुँदैछन् ।
एमालेले आम निर्वाचनलाई केन्द्रमा राखेरका स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय कमिटी बैठक धमाधम राखेको हो । यसअघि मंगलबार बसेको स्थायी कमिटीको बैठकले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको तयारी एवं रणनीतिबारे छलफल गरेको थियो ।


प्रतिक्रिया