Breaking

सत्ता गठबन्धनको बैठक बस्दै, सिट बाँडफाँटबारे छलफल हुने


काठमाडौँ – सत्तारूढ गठबन्धनको बैठक आज बस्दै छ ।

गठबन्धनबीच सिट बाँडफाँडकाबारे छलफल गर्न बिहान ९ बजेका लागि बैठक बस्न लागेको हो । 

बालुवाटारमा बस्ने बैठकमा सिट बाँफाँटसहित समसामयिक विषयमा छलफल हुने छ ।

यसअघि हिजो बस्ने भनिएको बैठक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन गएकाले आजका लागि सारिएको हो ।