Breaking

बालेनको अर्को एक्सन, ठुला अबैध संरचनामाचल्यो डोजर, महानगर भन्छ कसैलाई छोड्दैनौ


काठमाडौँ —काठमाडौंमहानगरपालिकाले नक्शापास बिनाअवैध रुपमाबनाइएको संरचनाधमाधमभत्काउनथालेको छ । महानगरपालिकाले आज सुन्धारामा रहेका अबैध संरचना डोजर नै प्रयोर गरेर भत्काएको हो । बुधबार काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साहकै उपस्थितिमाअवैध रुपमाबनाइए संरचनामा डोजर चल्यो । सोमवार नयाँबानेश्वर क्षेत्रका अन्डरग्राउन्डमा राखिएकापसल र संरचना हटाएर पार्किङ गर्ने ठाउँ बनाउने अभियान सुरु गरेको महानगरले बुधबार न्युरोड क्षेत्रका संरचनामा डोजर नै चलायो ।

महानगरले सुन्धाराको काठमाण्डौ मलमा रहेका अवैध संरचना हटाएको छ भने अन्डरग्राउन्डमा राखिएकापसलपनिभत्काएको छ । यस्तै न्युरोडको आरबीकम्प्लेक्समापनिनक्सामाउल्लेख भएभन्दाबाहिरका संरचनामहानगरले हटाइदिएको छ । महानगरले आजै न्युरोडको रञ्जनागल्लीमा रहेका अवैध पसल र संरचनामापनि डोजर चलाएको छ । मेयर बालेन्द्र साहसहितको महानगरको टोलीलाई नेपालप्रहरी र ट्राफिक प्रहरीले पनि सहयोग गरिरहको छ ।

काठमाडौं मलको अवैध संरचनाभत्काएसँगै स्थानीयव्यापारीहरुमा खैलाबैलामच्चिएको छ । एक व्यापारीले महानगरले अवैध संरचनाभत्काउने काम स्वागतयोग्यभएपनिमानवताको हिसावले व्यापारीलाई केही समय दिनुपर्ने तर महानगरले वेवास्ता गरेको गुनासो गरे । व्यापारीले आफूहरुले सञ्चयकोषको जग्गामा संरचनाबनाएर व्यापार गर्न ठेकेदारमार्फत सम्झौता गरेको भन्दै सञ्चयकोष र महानगरबीचको सहमतीमा संरचनाभत्काएको भएउपयुक्तहुने बताएका छन् । तर आफुहूलाई ब्यावस्थापननगरीकोमाउनीहरुको दुखेसो छ ।आफूहरुले सम्झौताअनुरुप भाडा तिरिरहेको र राज्यलाई कर पनितिरिरहेको भन्दै संरचनाभत्काउँदालगानी अनुरुपको क्षतिपुर्ति दिनुपर्ने माग समेत व्यापारीको छ ।

त्यसैगरी काठमाडौं महानगरले अबैध संरचना हटाउने कामले आगामीदिनमापनिनिरन्तरतापाउने बताएका छन् । साथै पार्किङ क्षेत्र र फुटपाथ स्थलव्यवस्थितबनाउने काममा कसैसँग संझौतानहुने महानगरले बताएको छ । पार्किङ प्रयोजनकालागिभनेर अन्डरग्राउन्डसहितको नक्सापास गर्ने तर अन्डरग्राउन्डमै पसलथापेर गाडी भने सडकमा पार्किङ गरेको भन्दै महानगरले यसअघि नै पसल हटाउन निर्देशनदिएको थियो । महानगरपालिकाले गएको साउनमै अन्डरग्राउन्डका पसल र अन्य संरचना हटाएर पार्किङ क्षेत्र बनाउन ३५ दिने सूचनाजारी गरेको थियो । तर, व्यापारी र घर धनीले राजनैतिकदलको आडमा अटेर गर्दै आएकाथिए ।