Breaking

चुनाव अघि कांग्रेस एक्लाउने खेल ! प्रचण्डको बढ्दो सक्रियता एकताका लागि कि देउवा धम्काउन ?


काठमाडौँ — कम्युनिष्ट प्रयोग गरेर वहुमत ल्याउने सोचले गठबन्धन गर्ने निर्णय गरेको कांग्रेस र त्यसैमा सहमती जनाएका सत्ता घटक दलहरु अहिलो सिट वाँडफाडमा व्यस्त छन । निर्वाचनमा कसैको वहुमत आउन नसक्ने बुझेको कांग्रेस रस्साकस्सीका वावजुत पनि भागवन्डा मिलाएर जाने र आगामी पाँच बर्ष स्थायी सरकार चलाउने आशामा छ । कांग्रेस केन्द्रीय समिति बैठकले आगामी निर्वाचनमा सत्ताघटकसंग तालमेल गरेर जाने निर्णय गर्दैगर्दा उसको एउटै लक्ष्य छ आगामी पाँच बर्ष सरकार चलाउने ।

कम्युनिष्ट एक भए प्रतिपक्षमा थन्किने निश्चित भएको बुझेको कांग्रेसले सत्ता गठबन्धनलाई कम्युनिष्ट एक हुन नदिने र आफूले वहुमत ल्याउने अश्त्रका रुपमा प्रयोग गर्ने दाउमा छ । यता मर्नु भन्दा वौलाउनु निको भन्ने अवस्थामा पुगेका पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पनि तत्काल अन्य विकल्प नदेखेपछि गठबन्धनलाई निरन्तरता दिने निष्कर्षमा पुगेका हुन् ।

तत्काल एमालेसहितको कम्युनिष्ट एकताको सम्भावना नदेखेका उनीहरु कांग्रेस प्रयोग गरेर एमालेलाई स्वाद चखाउने दाउमा छन । साथै भोलीका लागि कम्युनिष्ट धुव्र पनि निर्माण गर्दै जानुपर्ने बुझाईमा रहेका उनीहरु सत्ताघटकभित्रकै कम्युनिष्टवीच एकताको प्रयासमा समेत छन । यसले सत्ता गठन्धनमा सिट वार्गेनिङ पावर पनि बढ्ने र वामएकतको प्रारुप पनि तयार हुने उनीहरुको बुझाई छ ।

एकातर्फ कांग्रेसलाई गठबन्धनको भरोसा दिने र अर्कातर्फ समाजवादी केन्द्रको स्थापनाको बाटोमा हिड्ने दुई चरित्र देखाएका उनीहरुले कम्युनिष्ट एक हुनुको विकल्प नभएको बताउन थालेका छन । कांग्रेसले आगामी सत्तारोहणको सपना देखिरहँदा माओवादी नेताहरु भने यो गठबन्धन नै अस्थायी रहेको बताउन थालेका छन । यता लोसपा भने स्थायी सरकारका लागि पाँचदलीय गठबन्धनको विकल्प नभएको भन्दै तालमेलमा सहभागीता खोजिरहेको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पनि कम्युनिष्ट एकता तत्काल सम्भव नभएको बताईरहेको छ । तर यहि गठबन्धन कायम रहे आफूलाई भारी पर्ने बुझेको उसले सत्ताघटकभित्रको अविश्वासलाई भने प्रयोग गर्ने पखाईमा छ । यता प्रचण्डले पनि वार्गेनिङ पावर बढाँउदै लगेका छन । आगामी निर्वाचनमा माओवादी ८ सिटमा खुम्चिने भनेर गरेको प्रक्षेपणमा मौन बसेका उनी अहिले गत निर्वाचनमा प्रत्यक्ष जितेको सिट संख्याको आधारमा ३६ सिट आफूले र २३ सिट काँग्रेसले लिने तथा बाँकि ६०–४० को आधारमा भागवण्डा मिलाउने बताउन थालेका छन् ।

एमाले सहित जितेको सिटमा दावी गरेका उनको यो माग माने कांग्रेस ८० सिटमा चित्त बुझाउन बाध्य बन्ने छ । जवकि तत्थाङ्क हेर्दा कांग्रेसले ९९ सिट पाउनुपर्छ । यता महामन्त्री गगन थापा १०० सिटमा अडिग रहेका छन भने प्रतिनिधिसभा नपाउने र प्रदेशसभामा पनि नसमेटेर कांग्रेसको उम्मेद्धार विहिन भए कांग्रेसको भोट नै नआउने उनको भनाई छ । तर प्रचण्डले बढाउदै लगेको दवावका कारण समस्या सिर्जना भएपछि देउवाले एमालेसंगको भेटघाट बढाएका छन ।

नेता डा.मिनेन्द्र रिजालले ओलीलाई निवासमै गएर भेटेको केहि दिनमै देउवा ओलीको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । हुन त नेपाली राजनीतिमा सम्भावित समिकरणबारे यसै भन्न नसकिने विश्लेषकहरु बताउछन । भागवन्डाको राजनीति हावी भएको अहिलेको अवस्थामा सिद्धान्त र विचार भन्दा स्वार्थ कता मिल्छ भन्ने विषयले समिकरण निर्धारण गर्ने गरेको छ । यो अवस्थामा पछिल्लो समय देखिएको रस्साकस्सी केवल सिट प्राप्तीका लागि मात्र हो या त फरक समिकरणकै बाटोमा देशको राजनीति अघि बढ्छ त्यो हेर्न भने केहि समय कुर्नुपर्ने देखिन्छ ।