काठमाडौँ — चीन र ताइवानको बड्दो तनावका बीच चिनियाँ विदेशमन्त्री वाङ् यीले विदेश दौडाहा व्यापक बनाएका छन् । विभिन्न देशहरुलाई आफ्नो पक्षमा पार्न उद्धत देखिएको चीनले यही वर्षमात्रै ३० राष्ट्रको भ्रमण गरिसकेको छ । चीन र ताइवानको पहिल्यैदेखि बिग्रिएको सम्बन्ध अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि भने झन् चिसिएको छ । पेलोसीको भ्रमणपछि चीनले ताइवानी सीमा तर्फ आफ्नो सुरक्षा कडा पारिरहेको छ ।
चीनले ताइवानको आकाशमा सैन्य अभ्यास गरिरहेको छ भने यता, ताइवानले पनि आफ्नो सबैभन्दा उन्नत लडाकु जेट मिसाइल प्रदर्शन गरिरहेको छ । यसरी दिन प्रतिदिन चिसिँदै गएको सम्बन्धमा यी दुई देशबीचको सम्बन्धले विश्वलाई पनि दुई ध्रुवमा बाडिदिएको छ । कोही चीनको पक्षमा खुलेरै लागेका छन् भने कोही ताइवानको पक्षमा । रुस–युक्रेन युद्धमा मौन बसेको चीनको पक्षमा रुस देखिएको छ । त्यस्तै आफू लोकतन्त्र र प्रजातन्त्रको पक्षमा रहेको भन्दै अमेरिका ताइवानको समर्थनमा छ । यसरी दुई ठूला राष्ट्रहरु दुई ध्रुवमा बाँडिदा अन्य साना राष्ट्रहरु पनि पक्ष र विपक्षमा उभिएका छन् ।
नयाँ शक्तिको रुपमा उदाइरहेको चीन अन्य राष्ट्रहरुलाई आफ्नो पक्षमा पार्न पछिल्लो समय विदेश दौडाहा खुबै लागि परेको छ । यसको जिम्मा सम्हालेका छन्, चिनियाँ राष्ट्रपति सी जिनपिङको विश्वकेन्द्रित महत्वकांक्षाका प्रचारक विदेश मन्त्री वाङ यीले । विभिन्न देशका सरकार र राष्ट्रप्रमुखलाई भेटेर उनी सीको सन्देश सुनाउँनमा व्यस्त छन् । यही वर्ष मात्रै उनले मध्यएसिया, प्यासिफिक क्षेत्र र अफ्रिकाका गरी ३० मुलुकको भ्रमण गरेका छन् ।
यीको गत चैत १२ को नेपाल भ्रमण पनि त्यसैको एक अंश थियो । तीनदिन नेपाल बसाई गरेको यीले त्यसभन्दा पहिले दक्षिण एसियाली राष्ट्रहरू पाकिस्तान, अफगानिस्तान र भारतको भ्रमण गरेका थिए । यीले त्यो भन्दा केही महिना अघि श्रीलंका र माल्दिभ्सको भ्रमण पनि गरे । भ्रमणबाट भारत बाहेक अन्य राष्ट्र आफ्नो पक्षमा रहेको चीनको बुझाइ छ । गत मार्चमा यी अफ्रिकी मुलुक जाम्बिया पुगे । अप्रिलमा दक्षिण एसिया भ्रमण गरेका उनले मेको अन्त्यतिर यी फिजीमा पनि आफ्नो उपस्थिति जनाए । यी विदेश भ्रमण मात्रै गरिरहेका छैनन् ।
उनी विभिन्न सभासम्मेलनमा पनि राष्ट्र प्रमुखलाई भेट्ने गरेका छन् । जुलाईमा मात्रै यीले जी–२० सम्मेलनको उत्तरार्धमा अमेरिकी सकमक्षी एन्टोनी ब्लिन्केनसँग इन्डोनेसियामा छलफल गरेका थिए । त्यस्तै गत महिना नै राष्ट्रपति सीले इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोलाई फोन गरेर बेइजिङ मै बोलाएका थिए । पछिल्लो समय यीको विदेश भ्रमण र राष्ट्र प्रमुखहरुसँगको भेटवार्ताले चीन यथासक्य राष्ट्रलाई आफ्नो पक्षमा पार्न चाहन्छ ।
ताइवानलाई आफ्नो नियन्त्रणमा राख्न चीनको सक्रियता निकै बढेको बुझ्न सकिन्छ । एक वर्षको अन्तरालमा ३० राष्ट्र भ्रमण गरेको विदेश मन्त्रीको प्राथमिकतामा युरोपका राष्ट्र भने परेका छैनन् । उनले अहिले सम्म एउटा पनि युरोपियन मुलुकको भ्रमण गरेका छैनन् ।


प्रतिक्रिया