Breaking

ओली–देउवा भेटले प्रचण्ड तनावमा, बालुवाटारमा घोचपेच, गठबन्धनकाकदमविरुद्ध ओली खरो उत्रिए


काठमाडौँ — चुनावमा सिट बाँडफाँडको विषय पेचिलो बनेका बेला बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र पतिपक्षदलका नेता केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । जसले गठबन्धनका अन्य दललाई झस्काउने मात्रै होइन्, एमालेलाई बलियो रणनीति बनाउन समेत भूमिका खेल्ने देखिएको छ । सत्ताच्यूत भएको एकबर्ष दुईमहिनाको अवधिमा ओली दुई पटक बालुवाटार छिरे । विशेष अवसर र केही पकाउनै परेमात्र बालुवाटारको हाताभित्र हात मिलाउन जाने ओलीएकपटक एमसीसी रस्साकस्सीकाबीच देउवाकै निम्तोमा बालुवाटार गएका थिए, दोस्रोपटक निर्वाचन मुखमै रहेका बेला बुधबार बालुवाटार प्रवेश गरेका छन् ।

हुनत आगामी संसदीय निर्वाचनपछि बालुवाटारको बलियो हकदार आफैलाई दाबी गर्ने ओली यसपटकआठ दलविरुद्ध आफु एक्लो भएपछि गठबन्धनभित्रकोखास गठजोड बुझ्न बालुवाटार गएका हुन् । पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ र विष्णु पौडेलसहितको बालुवाटार भ्रमणलाई निकै रहस्यमयी ढंगबाट अथ्र्याउन खोजिएको छ । बालुवाटारमा ओली र देउवाबीच दुईघण्टाभेटवार्ता भएको थियो । दुई विश्वासपात्रसहित प्रधानमन्त्री ओली सहभागि भएका बेला देउवाले पनि सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई सरिक बनाएका थिए ।

उनीहरुबीच गठबन्धनको गठजोडदेखि एमालेको एक्लोपनसम्म ठट्टा चलेको थियो ।भेटमा एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री देउवालाई मंसिर ४ मा प्रतिगमन हुने भयो होइन त ? भन्दै व्यङय गरेका थिए । कि तपाईँले चुनाव गर्दा प्रतिगमन हुन्न ? भन्ने ओलीको व्यंग्यात्मक प्रश्नमा देउवाले कुनै जवाफ दिएनन् ।बरु एमालेविरुद्ध सात दल बनेको र अझै कति बन्ने हो भन्ने प्रश्नमा दुवै पक्ष घोचपेच र हासिमजाक चलेको थियो । मुख्यतः देउवासँगको भेटमा ओलीले चार विषयलाई प्राथमिकता दिएका थिए ।

निर्वाचनको निष्पक्षता, संक्रमणकालीन न्याय निरुपणमा पीडितलाई गरिएको उपेक्षा, नागरिकता विधेयकमा राष्ट्रपतिसंस्थाको मानमर्दन, र मूल्यवृद्धि नियन्त्रणका विषयमा ओली खरो उत्रिएका थिए । चुनाव घोषणादेखि नागरिकता विधेयकसम्म सत्ता गठबन्धनले ओलीलाई बेवास्ता गर्दै अघि बढेको थियो तर संक्रमणकालीन न्याय सम्वन्धी विधेयक संसदमा पेस हुनु पुर्वनै यसलाई च्यात्ने धम्की ओलीले दिए पछि देउवा केहि लचक देखिएका छन् ।

त्यसो त खुमलटारमा प्रचण्डले एमालेका दोस्रो तहका नेता भेट गर्दै कांग्ैस सँग सिटको बार्गेनिङ अस्त्र चलाए पछि देउवा ससंकित थिए । ओलीको चाहनाविपरित गठबन्धन थप कसिलो बन्दै गएपछि एक्लै चुनावमा जानुपर्ने बाध्यतामा समेत ओली छन् । जसबाट आउने चुनावी परिणामले समेत ओलीलाई झस्काएको छ । ठिक यसैबेला देउवाको मनसाय बुझ्नु र आगामी कदममाथि छनोट गर्नुपनि ओलीको बालुवाटार भ्रमणको उद्देश्य हो । अर्काेतर्फ अहिले सत्ता गठबन्धनमा प्रचण्ड आफू प्रधानमन्त्री बन्ने गरी चुनावी सिट बाँडफाँडको विषय टुंग्याउन चाहन्छन ।

त्यसमा पनि माधव नेपाल, वामदेव गौतमदेखि बाबुराम भट्टराई र उपेन्द्र यादवलाई साथमा लिएर हिँड्न खोजिरहेका छन् । यसको अर्थ कांग्रेससँग बलियो बार्गेनिङ गर्न प्रचण्ड तम्सिएकोस्पष्टै छ । यस्तो बेला ओलीलाई बालुवाटार नै बोलाएर देउवाले प्रतिपक्ष सँग छलफल चलाउनु सकारात्मक नै भए पनि यसले सत्ता गठबन्धन भित्रका दल हरुलाई थप दवाव दिएको छ ।