Breaking

नेपाली फुटबललाई प्रशिक्षकले बिगारेः किरण चेम्जोङ


काठमाडौँ — नेपाली राष्ट्रिय फुटबल टीमका गोलकिपर किरणकुमार चेम्जोङले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाली फुटबल टोलीलाई बिगारेको आरोप लगाएका छन् ।

बुधवार बंगलादेशविरुद्ध आयोजना हुने अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबल खेलका लागि अभ्यासको क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै गोलकिपर चेम्जोङले राष्ट्रकालागि खेल्ने खेलाडीलाई छाडेर एन्फाले क्षणिक समयका लागि आउने प्रशिक्षको कुरा सुन्दा सिंगो फुटबल टोलीमा फाटो आएको टिप्पणी गरे ।