काठमाडौँ — महानगरपालिकाका मेयर बालेन साह बुधबार साँझ कोटेश्वरको फुटपाथ र पार्किङको अनुगमनमा जाने भएका छन्। बुधबार बिहानै सुन्धारा न्युरोड,दरबारमार्गका नक्सा पास बिनाका संरचना हटाएका बालेन आजै कोटेश्वर जाने भएका हुन् । महानगरपालिकाले न्युरोड क्षेत्रमा नक्सापास विना बनाइएका ठूला मलहरुका संरचनामा डोजर लगाएको छ ।
बुधबार नै मेयर बालेन दरबारमार्ग पुगेर त्यस्ता संरचनामा बनाइएका पसल र क्याफेहरुका संरचना हटाउन निर्देशन दिएका छन्। त्यसै गरी काठमाडौ जिल्ला अदालतलाई समेत पार्किङ खाली गर्न निर्देशन दिएको छ ।


प्रतिक्रिया