काठमाडौँ — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले न्युरोडस्थित नबिल बैंकको भवनमा बनाइएका अवैध संरचना हटाउन निर्देशन दिएका छन् । बुधबार उक्त भवनको बेसमेन्टमा बनेका संरचना हटाउन निर्देशन दिइएको काठमाडौं महानगरपालिकाका सह प्रवक्ता महेश काफ्लेले जानकारी दिए ।
साउनको पहिलो साता नक्सा पास नगरी बनाएका अनाधिकृत संरचना हटाउन ३५ दिने सूचना जारी गरेका थियौं,’ उनले भने, ‘त्यसबखत नै गोरखापत्रमा सूचना जारी गरी अवैध संरचना भत्काउने काम सुरू गर्न भनेका थियौं ।’ सूचना निकालेको एक महिना बितिसक्दा पनि काम गरेको नदेखिएको र आज निरीक्षणको क्रममा बेसमेन्टमा कार्यालय संचालन गरेको भेटिएपछि निर्देशन दिइएको काफ्लेले बताए ।


प्रतिक्रिया