Breaking

राजसंस्था पुनःस्थापनाको लागि नारायणहिटीमा धर्ना


काठमाडौँ — राजसंस्था पुनःस्थापनाको लागि शाही युवा शक्ति नेपालले बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन पूर्वराजा ज्ञानेन्द्र शाहलाई तेस्रोपटक राजा बनाउने उद्देश्यले नारायणहिटी दरबार स्व।महेन्द्र शाहको सालिक अगाडी धर्ना कार्यक्रमको आयोजना गरिएको जानकारी दिइएको हो ।

पत्रकार सम्मेलन बोल्दै शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्काले जनताहरू पहिला जस्तो गणतन्त्रमा अहिले खुसी नभएको दाबी गरे । उनले अहिलेको व्यवस्था गणतन्त्र फाल्न शाही युवा शक्ति नेपालले विभिन्न कार्यक्रम गर्दै आएको बताए । ज्ञानेन्द्रलाई तेस्रोपटक राजा घोषणा गर्न कञ्जुस्याइँ गर्न नहुने र सबै नागरिक देशको झण्डा बोकेर सडकमा आउनुपर्नेमा उनले जोड दिए ।