काठमाडौँ — युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सम्भावित रुसी आक्रमणको चेतावनी दिएका छन् । जेलेन्स्कीको चेतावनी यस्तो समयमा आएको हो जब युक्रेनले बुधबार आफ्नो स्वतन्त्रता दिवस मनाइरहेको छ । अबेर राती जारी गरिएको सन्देशमा, जेलेन्स्कीले ‘युक्रेन यस्ते समयमा आफ्नो स्वतन्त्रताको उत्सव मनाइरहेको हो जब उसले एक ठूलो खतरासँग पनि लड्नुपरिरहेको छ’ भनेका छन् ।
जेलेन्स्कीले किभ, खार्किभ जस्ता शहरहरूमा बस्ने मानिसहरूलाई सुरक्षा नियमहरू पालना गर्न विशेष अपील गरे । विशेष गरी कर्फ्यू र एयर स्ट्राइक साइरनहरूको । युक्रेनका राष्ट्रपतिले भने, ‘आज हामी सबैका लागि विशेष दिन हो । तर दुर्भाग्यवश यसै कारणले यो दिन हाम्रा शत्रुहरूका लागि पनि महत्त्वपूर्ण छ । हामी रूसको उत्तेजक र सम्भावित आक्रमणहरूबाट सावधान हुनुपर्छ ।’
उनले युक्रेनी सशस्त्र बल, गुप्तचर विभाग र विशेष सेवाका कर्मचारीले जनताको सुरक्षाका लागि सबै काम गर्ने स्पष्ट पारे । जेलेन्स्कीले रुसले गरेको कुनै पनि आक्रमणको जवाफ दिने बताए । बुधवार युक्रेनमा रुसले आक्रमण गरेको पनि ६ महिना पुगेको छ ।


प्रतिक्रिया