Breaking

राष्ट्रपति भण्डारीले आज पूर्वप्रधानसेनापतिसँग छलफल गर्दै

राजीनामा दिने ‘मुड’मा राष्ट्रपति


काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो सुझाव नसमेटी संसदबाट पारित भएको नागरिकता विधेयकका बारेमा छलफललाई निरन्तरता दिएकी छिन् ।

यस क्रममा छलफल गर्न राष्ट्रपति भण्डारीले बुधबार अवकाशप्राप्त प्रधानसेनापति तथा जर्नेलहरूलाई शीतल निवासमा बोलाएको स्रोत बताउँछ ।प्रतिनिधिसभाले गत भदौ २ गते नागरिकता विधेयक, २०७९ बहुमतले पारित गरेको थियो । त्यसको भोलिपल्टदेखि राष्ट्रपति भण्डारीले कानुनविद्लाई बोलाएर छलफल गरिरहेकी छिन् ।

गत साउन २९ गते संसदमा फिर्ता पठाउनुअघि पनि राष्ट्रपति निरन्तर परामर्शमा व्यस्त थिइन् । अहिले पनि त्यो क्रम जारी छ । उनी विधेयक प्रमाणित नगर्ने बरु राजीनामा दिने ‘मुड’मा देखिएको स्रोतको दाबी छ ।

राष्ट्रपति भण्डारीसँग मंगलबार नेपालस्थित कूटनीतिक नियोगका प्रमुखहरूले पनि भेटघाट गरेका थिए ।