समाचार

नारायणी नदीमा युवतीले हाम फालिन्


काठमाडौँ — चितवन भरतपुर महानगरपालिका वडा नम्बर ३ स्थित नारायणी पुलबाट एक युवतीले हाम फालेकी छ ।

चितवन खैरहनी नगरपालिका ७ की २६ वर्षीया ऋचा उप्रेतीले मंगलबार दिउँसो नदीमा हाम फालेकी हुन् । स्थानीयले देखेर खबर गरेलगत्तै प्रहरीले उनको खोजी गरिरहेको भए पनि अहिलेसम्म फेला पार्न नसकिएको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनी विवाहित भएको र एउटा सानो बच्चा पनि भएको प्रहरीले जनाएको छ । उनको विषयमा विस्तृत जानकारी लिन बाँकी रहेको प्रहरीले जनाएको छ।