Breaking

कर्मचारीलाई बालेन्द्रको आग्रह दलीय आबद्धता त्याग्नुहोस्


काठमाडौँ – काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहले कर्मचारीलाई दलीय आबद्धता त्याग्न आग्रह गरेका छन् । मंगलबार सूचना प्रकाशित गरी मेयर शाहले राजनीतिक दलसम्बन्धी ऐनले बहालवाला प्राध्यापक, शिक्षक वा कर्मचारीले कुनै पनि राजनीतिक दलको सदस्यता लिन नपाइने उल्लेख गरेको स्मरण गराएका छन् ।

यस्तै, काठमाडौँ महानगरपालिका कर्मचारी सेवा ऐनले पनि सो विषयलाई निषेध गरेका उनले उल्लेख गरेका छन् । दलीय आबद्धता कायम रहेका कर्मचारीलाई आबद्धता त्याग्न आग्रह गर्दै उनले अन्यथा कानुन बमोजिम कारबाही गर्ने चेतावनीसमेत दिएका छन् ।