Breaking

सिट बाँडफाँट गर्न बनेको कार्यदलको बैठक बस्दै


काठमाडौँ — सत्तारुढ दलको सिट बाँडफाँटका लागि बनेको कार्यदलको बैठक आज पनि बस्दैछ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ ५ बजेका लागि तय भएको कार्यदलका एक सदस्यले जानकारी दिए ।

यसअघि मंगलबार बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठक बिनानिष्कर्ष टुंगिएको थियो । मंगलबारको बैठकमा नेताहरुले चाँडोभन्दा चाँडो टुंग्याउन दबाब दिएका थिए ।

यद्यपि कार्यदलका संयोजक कृष्णप्रसाद सिटौला बिरामी भएर अनुपस्थित भएपछि केहीबेर छलफल गरेर बैठक स्थगित भएको थियो । ९ गतेभित्र सिट बाँडफाँटको विषयलाई टुंग्याउन प्रयत्न भइरहेको नेताहरुले बताएका छन् । सिट बाँडफाँडको आधारहरुको विषयमा छलफल भइरहेको र ९ गतेभित्र टुंगिने कार्यदलका सदस्य समेत रहेका राष्ट्रिय जनमोर्चाका नेता हिमलाल पुरीले बताएका छन् ।

०७४ को चुनावको प्रत्यक्ष, समानुपातिक तथा गएको स्थानीय निर्वाचनको नतिजाको आधार र पार्टीको पकड क्षेत्रका आधारमा सिट बाँडफाँट अघि बढाउन शीर्ष नेताहरुबीच छलफल भइरहेको छ ।