काठमाडौँ — देशको पूर्वी र मध्य क्षेत्रमा अहिले पानी परिरहेको मौसमविद्ले दिएमा छन् । उनका अनुसार पछिल्लो एक घण्टामा इलामको कन्याम, नुवाकोटको ककनी, सिन्धुलीको केही ठाउँ, दाङको नयाँ बस्ती, म्याग्दीको गुर्जाखानीलगायतका ठाउँमा ठूलो पानी परेको छ ।
अरू ठाउँमा सामान्यदेखि मध्यम खालको पानी परिरहेको छ । पानी पर्ने मौसमी प्रणाली अहिले पश्चिमतिर सर्ने क्रममा रहेकाले आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा धेरै पानी पर्ने सम्भावना छ । बाँकी ठाउँमा सामान्य पानी पर्ने सम्भावना छ ।


प्रतिक्रिया