विदेश

सोनाली फोगटको निधन


काठमाडौँ — भारतीय जनता पार्टी भाजपाकी नेता, अभिनेत्री तथा बिग बोस १४ की प्रतिस्पर्धी सोनाली फोगटको निधन भएको छ । भारतीय सञ्चार माध्यम दैनिक भास्करका अनुसार सोमबार गोवामा उनको हृदयाघातका कारण निधन भएको हो । उनी २२ अगष्टदेखि ३ दिनको लागि गोवा टुरमा गएकी थिइन् ।

बुधबार उनको हरियाणमा दाहसंस्कार गर्ने उनका भाइ वतन ढाकाले जानकारी दिएका छन् । सोनालीको एक छोरी छिन् । उनको पति सञ्जय फोगाटको पनि २०१६ मा रहस्यमय रूपमा निधन भएको थियो । बिग बोस १४ मा प्रतिस्पर्धी रहेकी सोनाली पछिल्लो समय टिकटक स्टार बनेकी छन् ।

सन् २०१९ मा सोनालीले आदमपुरबाट भाजपाको तर्फबाट चुनाव लडेकी थिइन् तर उनले चुनाव हारिन् । त्यसपछि उनी आदमपुरमा सक्रिय रहिन् । तर पनि उनले कुलदीप बिश्नोईलाई कुनै राउन्डमा हराउन सकिनन् । उनले पञ्जाबी र हरियाणवी फिल्म, म्युजिक भिडिओमा अभिनय गरिसकेकी छन् ।