Breaking

सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक आज दिउँसो ३ बजे बस्दै


काठमाडौँ — आसन्न निर्वाचनका लागि सिट बाँडफाँटको विषयमा छलफल गर्न सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्दै छ । कृष्ण प्रसाद सिटौला नेतृत्वको सिट बाँडफाँट कार्यदलका सदस्यहरुसहित शीर्ष नेताहरु बैठक बस्न लागेका हुन् । बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको कार्य दलका एक सदस्यले जानकारी दिए ।

भदौ पहिलो साताभित्र सिट बाँडफाँट गरिसक्ने शीर्ष नेताहरुको तयारी छ । गठबन्धनका नेताहरुले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा तालमेल गर्ने निर्णय गर्दै सिट बाँडफाँटका लागि ११ सदस्यीय कार्यदल गठन गरेका थिए ।

कार्यदललाई साउन मसान्तसम्मको समयसीमा दिइए पनि कार्यदलले सो अवधिमा काम पूरा गर्न सकेन । कार्यदलले उक्त काम शीर्ष नेताहरुलाई नै सुम्पिएको छ ।