Breaking

काठमाडौँमा १७ जना बन्दकर्ता पक्राउ


काठमाडौँ – नेत्रविक्रम चन्द नेतृत्वको नेकपासहित चार कम्युनिस्ट पार्टीको नेपाल बन्दअन्तर्गत काठमाडौँमा बन्द गर्दै हिँडेका १७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले काठमाडौँ जिल्लामा गाडी बन्द गराउन उत्रिएका १७ जनलाई विभिन्न स्थानबाट पक्राउ गरिएको जानकारी दिए ।

बन्दमा चलाएको भन्दै बन्दकर्ताले काठमाडौँको कोटश्वरमा महानगर यातायातको बसमा ढुंगा हानेका थिए ।