काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीकी एक केन्द्रीय सदस्यले राजीनामा दिएकी छन् । केन्द्रीय सदस्य गीता रेग्मीले पदबाट राजिनामा दिएकी हुन् ।
उनको स्थानमा चितवनकी सविना विकलाई केन्द्रीय सदस्य बनाइएको राष्ट्रिय स्वतन्त्र पार्टीले जनाएको छ । सोमबार बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठकले विकलाई केन्द्रीय सदस्य चयन गरेको हो ।


प्रतिक्रिया