काठमाडौँ — आज (मंगलबार) नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै छ । निर्वाचन केन्द्रित बैठक बस्न लागेको एमाले नेता शेरबहादुर तामाङले जानकारी दिए ।
आगामी मंसिर ४ गते एकसाथ प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन हुँदै छ । यही निर्वाचन तयारीका सम्बन्धमा एमालेको स्थायी कमिटी बैठक बस्न लागेको नेता तामाङले बताए । उनका अनुसार बैठक बिहान ११ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु हुनेछ।


प्रतिक्रिया