Breaking

बनेपाको चारदोबाटोमा बन्दकर्ता र प्रहरीबीच घम्साघम्सी


काठमाडौँ – काभ्रेको बनेपास्थित चारदोबाटोमा नेपाल प्रहरी र बन्दकर्ताबीच घम्साघम्सी भएको छ ।

विप्लव सहित ४ कम्युनिस्ट पार्टीले नेपाल बनदको घोषणा गरेका छन् । बन्द गराउन सडकमा निस्किएका बन्दकर्ता र नेपाल प्रहरीबीच घम्साघम्सी भएपछि केहीबेर बनेपा तनावग्रस्त बनेको छ ।

प्रहरीले केही बन्दकर्तालाई पक्राउ समेत गरेको छ । मंगलबार बिहानैदेखि उपत्यका लगायत देशका विभिन्न ठाउँमा बन्दको प्रभाव देखिन थालेका छन् ।

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष विप्लव, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पाटीका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका आहुति र नेकपा माओवादी समाजवादीका महासचिव कर्णजितले संयुक्त विज्ञप्ति निकालेर नेपाल बन्दको आह्वान गरेका हुन् ।