समाचार

दाङमा टिपरमा आगजनी


काठमाडौँ – दाङमा टिपरमा आगजनी भएको छ । घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा१ख १६९४ नम्बरको टिपरमा बिहान ४ बजेतिर बबई खोलाको पुल नजिक आगजनी गरिएको हो ।

प्रहरीका अनुसार टिपर चालकले बिहान चार/पाँच जनाको समूहले आगजनी गरि भागेको बताएका छन् ।आगजनीका कारण टिपरको अघिल्लो भाग जलेर नष्ट भएको छ ।

आगजनी कसले गर्‍यो भन्ने नखुलेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । टिपरमा आगो बन्दकर्ताले लगाएको हो वा अरु कसैले लगाएको भन्नेबारे अनुसन्धान भइरहेको बताए । आज नेत्र विक्रम चन्द विप्लवसहित कम्युनिस्ट पार्टीले नेपाल बन्दको घोषणा गरेपछि दाङमा पनि यसको प्रभाव देखिएको छ ।

बजार पूर्ण रुपमा खुलेको छैन भने लामो दुरीको सवारी सधान चलेको भए पनि छाटो दुरीको सवारी साधान चल्न सकेको छैन ।