समाचार

आङ जाङबु शेर्पा अमेरिकी सरकारबाट सम्मानीत


काठमाडौँ — सोलुखुम्बु जिल्ला लिखुपिके गाउँपालिकाका आङ जाङबु शेर्पालाई अमेरिकी सरकारले सम्मान गरेको छ ।
सोलुखुम्बु जिल्ला लिखुपिके गाउँपालिका – १ गेप्चुका स्थाई घर भई अमेरिकाको न्युयोर्कमा बस्दै आउनु भएका आङ जाङबु शेर्पालाई अमेरिकी सरकारले “प्रेसिडेन्ट भोलुन्टर सर्भिस अवार्ड” बाट सम्मान गरेको हो ।


विभिन्न संघ संस्थामा सहभागी भई सामाजिक सेवा गरे वापत ह्वाइट हाउसले पदक, कदरपत्र सहित सम्मान गर्दै अवार्ड प्रदान गरेको हो ।


शेर्पा २ पटक एनआरएनको पर्यटन विभागको संयोजक, शेर्पा किदुक अमेरिकाको महासचिब र शेर्पा संघ अमेरिकाको अध्यक्षको जिम्मेवारी बहन गरी सक्नु भएको छ । आङ जाङबु नेपाल शेर्पा संघ अमेरिकाको निवर्तमान अध्यक्ष हुन् ।

आइतबार एक समारोहको बीच शेर्पालाई अमेरिकी सरकारको प्रतिनिधिबाट उक्त अवार्ड प्रदान गरिएको थियो ।