Breaking

कैलालीका २ ठाउँमा शंकास्पद वस्तु फेला


काठमाडौँ – कैलालीका दुई ठाउँमा शंस्कापद वस्तु फेला परेका छन् । गोदावरी नगरपालिका-१ अत्तरियास्थित मोहनापुल अत्तरिया ६ लेन सडकखण्ड र पूर्वपश्चिम राजमार्ग अन्तरगत हरैया शिविर नजिकै शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार अत्तरियामा कपडामा बेरेको अवस्थामा र हरैयामा प्रेसर कुकर बम जस्तो देखिने शंकास्पद वस्तु भेटिएको जनाएको छ ।

मंगलबार नेपाल बन्द आह्वान गरेको नेत्रविक्रम चन्द विपलव नेतृत्वको नेकपाले ती शंकास्पद वस्तु राखेको हुनसक्ने प्रहरीले जनाएको छ ।

उक्त शंकास्पद वस्तु निस्क्रिय पार्न नेपाली सेनाको टोली बोलाइएको बताए । बन्दका कारण कैलालीसहित सुदूरपश्चिम प्रदेशका कुनै पनि जिल्लामा लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेका छैनन ।