Breaking

नेपाली रेलमा यात्रुको भीड, तीर्थयात्री उत्साहित


काठमाडौँ — जनकपुर–जयनगर रेल सञ्चालनमा आएसँगै नेपालबाट भारत जान र आउनका लागि रेल मार्ग सहज बनेको छ । नेपालमा तीर्थयात्रा गर्ने भारतीय यात्रुहरु पनि उत्साहित देखिन्छन् । जनकपुर–जयनगर रेल सञ्चालनमा आएसँगै नेपालमा तीर्थयात्रा गर्ने भारतीय यात्रुहरुलाई सहज भएको छ । नेपालको कुर्थादेखि भारतको जयनगरसम्म रेल नियमित सञ्चालन हुन थालेपछि नेपालमा धार्मिक पर्यटकका साथै अन्य पर्यटकहरुलाई पनि आवतजावतका लागि सहज बनेको हो ।

वि.सं २०७८ चैत्र १९ गते प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भर्चुअल रुपमा सीमापार रेल सेवाको शुभारम्भ गरेका थिए । गत चैत्रबाट रेल सेवा पुनः सञ्चालनमा आएसँगै पशुपतिनाथको दर्शन गर्न आउने भारतीय पर्यटकहरुलाई सहज बनेको छ । साथै नेपालबाट भारत जाने र आउनका लागि पनि रेल मार्ग सहज बनेको यात्रुहरुको भनाइ छ ।

रेल सञ्चालनमा आएसँगै भारत र नेपालबीच जनकपुर हुँदै भारत जाने र आउनेहरुका लागि यातायातको सेवा व्यवस्थित बनेको उनीहरु बताउँछन् । रेल चल्दा समयका साथसाथै पैसाको पनि वचत भएको यात्रु हरुको भनाई छ ।

रेलसेवा सन्चालनमा आएसँगै यात्रुहरुको चाप बढीरहेको छ । भारत बाट नेपाल भम्रणमा आउने यात्रु लगभग ४५ प्रतिशत रेल मार्ग बाट आउन थालेका छन् । तर, सिमित समयमा मात्र रेल सन्चालन हुदा यात्रुको व्यावस्थापनमा समस्था देखिएको छ ।

सरकारले पुस २०७५ बाट नै जनकपुर–जयनगर रुटमा रेल चलाउने घोषणा गरेको थियो । तर, विविध कारण देखाएर रेल चलाउन अलमल हुँदै आएको थियो । तर गत वर्षको चैत्रबाट रेल पुनः सञ्चालनमा आएसँगै नेपाली र भारतीय नागरिकलाई आवतजावतमा सहज भएको छ ।