Breaking

सुरु भयो मेयर बालेनको एक्सन,पार्किङ भनेर व्यवसायचलाउनेहरुको उठिवास


काठमाडौँ — फोहोरको समस्याक्रमश समाधानतर्फगएपछि काठमाडौं महानगर नयाँएजेण्डासहित फिल्डमा उत्रिएको छ । राजधानीमा समस्याबन्दै आईरहेको सवारी पार्किङको समस्यासमाधानमामहानगर सक्रिय बनेको हो । काठमाडौँमा सवारी पार्किङको समस्यानयाँहोइन । महानगरवासीले वर्षाै देखि भोग्दै आइरहेको सवारी पार्किङको समस्या अब भने केहीहदसम्मभएपनिसमाधानहुने देखिएको छ ।

महानगरपालिकाको मेयर बालेन्द्र साहले आफ्नो चुनावीएजेण्डा नै बनाएको राजधानीको पार्किङ व्यवस्थापनकार्यान्वयनगर्न तर्फ महानगर लागिपरेको हो । भवनबनाउँदापार्किङको नाममानक्सापास गर्ने तर अनाधिकृत रुपमाव्यापार व्यवसाय सञ्चालनमाल्याइएकात्यस्ता संरचनालाई महानगर प्रहरी बलको नेतृत्वमाभत्काउन सुरु गरिसकेको छ ।

पार्किङ स्थलमाअनधिकृत व्यवसायगर्दा सडकमै पार्किङ गर्नु पर्ने बाध्यतामहानगरवासीको छ । जसले गर्दा ट्राफिक व्यवस्थापनमापनि समस्या पर्दै आइरहेको छ । कोरोनाले थलिएकाव्यापारीहरुले कम्तीमादशैसम्मव्यापार गर्न दिन मेयरसामू हार गुहार गरे पनिआफ्नो अडानमा अडिक रहेका मेयरले भने कानूनको हवलादिँदै छुट दिननसकिने बताए ।

महानगर क्षेत्रभित्र २ सय २ वटा पार्किङ स्थलहरु दर्ता भएका छन् । जसमा ६,७,८,९,१०,३१ र ३२ गरि ७ वडामा ४४ वटा अन्डर ग्राउण्ड पार्किङ रहेका छन् । बानेश्वर क्षेत्रभित्रमात्रै ७१ वटापार्किङ छ । २ वटा अन ग्राउण्ड र ६९ वटा अन्डर ग्राउण्ड पार्किङ रहेको उक्त क्षेत्रभित्र १५ सय भन्दा सवारी साधनपार्किङ गर्ने क्षमता छ ।

अण्डर ग्राउड पार्किङलाई स्वीकृतिदिएर नक्सापास गराउँदामहानगरले घरधनीलाई छुट पनिदिने गर्छ । जहाँव्यापार व्यवसायगरिरहेकाले न बाहल कर तिर्छन् न त स्थानको उचितप्रयोग नै गरेका हुन्छन् । यसरी डबल सुविधालिँदै आएकाउनीहरुले कर पनि डबलै छलिरहेका छन् ।

महानगर हिजो जस्तो नभई व्यवस्थितभइसकेकाले महानगरको अनुशासनभित्र रहनुपर्ने महानगरवासी, व्यवसायी सबैको कर्तव्य पनिहो । महानगरको यस्तो कदमले रानधानीमापार्किङको समस्या केहीहदसम्मभएपनिसमाधानहुने देखिन्छ । पार्किङकै कारण समस्याभोग्ने महानगरवासीको नियतीमा अब राहतमिल्ने अपेक्षागर्न सकिन्छ ।