Breaking

अन्डरग्राउण्ड पार्किङका सटर हटाउन बानेश्वर पुगे मेयर बालेन


काठमाडौँ – काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रभित्रका अन्डर ग्राउण्ड पार्किङमा राखिएका पसल हटाउन थालेको छ । सोमबार पहिलोपटक नयाँ बानेश्वर क्षेत्रको पार्किङको संरचना हटाएको हो ।

सोमबार बिहान काठमाडौँ महानगरका प्रमुख बालेन साहको उपस्थितिमा सो पसल हटाइएको प्रमुख साहको स्वकीय सचिव भूपदेव साहले बताए । पार्किङमा अन्य संरचना राख्दा काठमाडौँ उपत्यकामा सवारी पार्किङको समस्या भएको महानगरपालिकाले जनाएको छ ।

अन्डरग्राउण्ड पार्किङको नक्सा पास गरेर व्‍यापारिक प्रयोजनका लागि प्रयोग भएको भन्दै महानगरले हटाउन आग्रह गरेको हो । यसअघि महानगरले पार्किङ खालि गर्न भन्दै ३५ दिने सूचना जारी गरेको थियो ।