काठमाडौँ – स्मार्टफोन ब्रान्ड रियलमीले ९ प्रो र सी ३० फोन सार्वजनिक गरेको छ । सार्वजनिक कार्यक्रममा बोल्दै रियलमी नेपालका कन्ट्री हेड मुनिश गिरीले उत्कृष्ट विशेषता र ‘पावर प्याक्ड पर्फर्मेन्स’मा नेपाली उपभोक्ताले खोजेको मूल्यमा फोन उपलब्ध गराइएको बताए ।
एन्ड्रोइड १२ ओएस भएको यो फोनको यूआई भर्जन ३.० छ । यसमा रहेको फाइभजी प्रोसेसर मध्यको सबैभन्दा शक्तिशाली प्रोसेसर स्नापड्रागन ६९५ का साथै १२० हर्जको अल्ट्रा स्मुथ फुल डिस्प्ले छ । ६४ एमपीको ट्रिपल क्यामरा, १६ एमपीको वाइड एङ्गल सेल्फी क्यामरा रहेको फोनमा साइड माउन्टेड फिङ्गर प्रिन्ट सेन्सर छ ।
५ हजार एमएएचको ब्याट्री भएको यो रियलमी ९ प्रोमा भएको ३३ वाटको डार्ट चार्जिङ सोलुसनले २७ मिनेटमा नै ५० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । अरोरा ग्रिन र सनराइज ब्लुमा ८/१२८ जीबीको स्टोरेज क्षमता सहित उपलब्ध यसको मूल्य ३८ हजार ९९९ रुपैयाँ तोकिएको छ ।
त्यस्तै रियलमी सी ३० हातमा समाउन पनि उत्तिकै सजिलो छ । यसमा पछाडिको क्यामरा ८ एमपीको छ भने अगाडिको क्यामरा ५ एमपीको छ । शक्तिशाली ५ हजार एमएएच ब्याट्री छ । यो ब्याम्बू ग्रिन र लेक ब्लु रङमा २र३२ र ४र६४ को स्टोरेजमा उपलब्ध छ । २/३२ को मूल्य १४ हजार ४९९ रुपैयाँ छ भने ४/६४ को १९ हजार ९९९ रुपैयाा रहेको छ । रियलमी सी ३० नेपालभरका स्टोर र अनलाइन मार्फत दराजमा भदौ ५ बाट उपलब्ध छ ।
प्रतिक्रिया