Breaking

प्रदीप गिरिको पार्थिव शरीरअघि देउवा–प्रचण्डका गोहीका आँशु,होनहार वैचारिक नेताका पूर्ति कसरी होला?


काठमाडौँ — नेपाली राजनीतिको बलियो विचारधाराका ज्ञाता प्रदीप गिरि सदाका लागि अस्ताएका छन् । उनको विदाइमा नेताहरुले समाजवादीप्रति उनको विचारलाई सम्झिए । जबकि गिरिको बलियो वैचारिक सिद्धान्तलाई कार्यान्वयनतर्फ लैजानकहिल्यै पहल गरेनन् । मान्छे शून्यबाट आएको थियो र मरेपछि शून्यमै जान्छ। जलायो भने खरानी हुन्छ, गाड्यो भने कुहिएर माटो बन्छ। तसर्थ मान्छे जहॉबाट आयो त्यही जान्छ । त्यसकारण प्रदीप गिरिलाई मृत्युसँग डर लाग्दैन थियो ।किनकि मृत्युलाई जति भयावह सोच्यो, त्यति भंयकर हुन्छ भन्ने बुझाई प्रदीप गिरिको थियो । मृत्युसँग कहिल्यै नडराएका उनै गिरिलाई शनिबार राति साढे ९ बजे मृत्युले रोज्यो । भौतिक रुपमा विलय भएपनि अब वैचारिक र सैद्धान्तिक रुपले गिरि जीवित रहनेछन् । तर मरेपछिको तारिफ भनेझैँ नेताहरुले गिरिलाई बोलीमै सीमित बनाएका छन् ।

नेपाली काँग्रेसको सभापतिसमेत रहेको प्रधानमन्त्री देउवाले गिरिको समाजवादी चिन्तनलाई देशभर प्रचार गर्ने बताए । जबकि गिरि जिउँदो रहँदासम्म देउवा दुईपटक पार्टीको सभापति बनिसके,तर काँग्रेसले कहिल्यै उनको विचारधारामाथि पुनर्विचार गर्ने सोच राखेन । देउवा कमजोर बन्दा सिद्धान्तको उर्जा भर्ने काम गिरिले गरिरहे ।मन्त्री पाउन मरिहत्ते गर्ने राजनीतिक पात्रहरुका बीचमा देउवाले धेरैपटक गिरिलाई मन्त्रीको प्रस्तावसमेत गरे । तर उनले कहिल्यै त्यसको लोभ देखाएनन् । यो लोभ अहिले सबैका दलका सबै नेताहरुसँग छ । समाजवादका चिन्तक प्रदीप गिरिको व्यक्तित्वबाट समाजलाई निस्वार्थ सेवा गर्ने प्रेरणा लिने र राजनीतिलाई फोहोरी खेल नबाउने उद्घोष माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गरे । जबकि नेपाली राजनीतिकका सबैभन्दा अस्थिर पात्र प्रचण्ड हुन् । गिरिको सिद्धान्तलाई बाचुञ्जेल नेताहरुले अनुसरण गरेनन्, फलतः समाजवादको यात्रा व्यवहारतः अलपत्र छोडेर गिरि नफर्किने वाचासहित पलायन भएका छन् ।

गिरिको सिद्धान्तले नेता नैतिकवान् हुनुपर्छ भन्छ । हाम्रा नेतामा नैतिकताको न पनि छैन । गिरिको सिद्धान्तले निष्ठा खोज्छ ।गिरिको विचारले राजनीतिसँग जनजीविका जोडिएको हेर्न चाहन्छ ।अहिलेका नेताहरुले त्यसको अनुसरण नै गर्दैनन् ।गिरि विचारमा अडिग भएर राजनीतिक गर्नुपर्छ भन्ने सिकाउँथे । बरु नेपाली नेताहरु समर्थन पाउँछु कि पाउँदिन भनेर बोल्छन्, स्वार्थपूर्ति हुन्छ कि हुँदैन भनेर कदम चाल्छन् ।नेपाली नेताहरु कहिल्यै गिरि बन्न सक्दैनन् । तर गिरिकै सिद्धान्तमा राजनीतिक चलाईदिए हुन्थ्यो भन्ने विचार धेरैको छ । असल व्यक्ति मरेपछि पनि जिवित रहन्छन् । सवैले मान्ने प्रदीप गिरि त्यस्तैएक पात्र हुन् । जसको वैचारिक चिन्तन र सैदान्तिक मार्गदर्शनले नेपाली राजनीतिलाई सही दिशा दिन सक्छ । बस् अहिलेका झुटा नेताहरु छलकपट गर्न विर्सेर समाजवादको यात्रामा प्रस्ट भएदिए पुग्छ ।