Breaking

भष्ट्राचार बढेकोमा सांसद्हरुको चिन्ता, चुनाव लड्न नसकिने अवस्थाआएको दुःखेसो


काठमाडौँ — प्रदेश सभा सांसदहरुले भ्रष्टाचार अन्त्य नभएसम्म देशले समृद्धि र दिगो विकासको लक्ष्य प्राप्त गर्न नसक्ने बताएका छन् । पैसा नभइ निर्वाचन लड्न नसक्ने र पैसा नबुझाइ मन्त्री बन्न नसक्ने अवस्थाले प्रकारान्तरमा भ्रष्ट्राचारलाई नै प्रत्साहन गरेको भन्दै उनीहरुले चिन्ता प्रकट गरेका छन् । आईतवार दिगो विकासका लागि सुशासन, प्रवृत्ति र प्राथमिकता विषयक छलफल कार्यक्रममा बोल्दै सांसदहरुले यस्तो बताएका हुन् । उनीहरुले सरकारले दिगो विकासका प्रवृत्ति र प्राथमिकतालाई व्यवहारमा कार्यान्वयन नगरे सम्म दिगो विकासको लक्ष्य पूरा हुन नसक्ने बताए ।

कार्यक्रममा प्रदेश सभा सांसदहरुले सरकार र जनप्रतिनिधिहरुले आफ्ना जिम्मेवारीलाई पूरा गर्ने कुरामाजोड दिनआवश्यक रहेको पनि बताए । उनीहरुले आफ्नो पार्टीको सरकार रहँदागलत कुराहरुको बारेमा पार्टीका सांसदहरुले बोल्न नपाउने वा पार्टीको अनुशासनविपरित ह्वीपलाग्ने जस्ता नीतिका कारण पनिकतिपय समस्या बढ्दै गइरहेको धारणा राखे ।

कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टीकी सांसद रानीशर्मा तिवारीले प्रदेश सभा सदस्य स्वतन्त्र रहन नसकेको गुनासो गरिन् । उनले संसदमा प्रश्तुत हुँदा जनताको प्रतिनिधि हौँ भनेर महशुस नगरे सम्म जनताका समस्या समाधान गर्न र दिगो विकासको लक्ष्य प्राप्ति गर्न नसक्ने बताइन् । उनले आफ्नो पार्टीको सरकार भएको बेलाउसले गलत कदम उठाए पनि गलत हो भन्न नसक्ने स्थिति रहेको भन्दै नीति निर्माण नै परिमार्जन गर्न आवश्यक रहेको बताइन् ।

कार्यक्रममा मधेस प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले संविधानमा उल्लेखित भाषाका कारण कतिपय विवाद लम्बिँदै गएको बताए । उनले संघीय सरकारले कानून निर्माणको वातावरण नदिएका कारण प्रहरी समायोजन, निजामति ऐन बनाउन नसक्दा समावेशी प्रतिनिधित्व हुन नसकेको दाबी गरे । सांसद यादवले दिगो विकासको विषयमा गहन अध्ययन गरेर राष्ट्रप्रति जिम्मेवार भएर काम गर्नुपर्ने अहिलेको आवश्यक्ता रहेको उल्लेख गरे । यादवले ६० लाखमा सांसदको टिकट किनबेच हुने र मन्त्रीबन्न करोडौं रुपैयाँ खर्चिनुपर्ने अवस्था सिर्जना भएकोले भ्रष्टाचार समाप्त हुन नसकेको बताए ।

कार्यक्रममा जनता समाजवादी पार्टीका सांसद कौशल यादवले भ्रष्टाचारका लागि राजनीति गर्ने व्यक्तिहरुबाट दिगो विकासको लक्ष्य प्राप्त हुन नसक्ने बताए । उनले देशको प्रधानमन्त्रीमा आफ्नै शरीरको हेरचाह गर्न नसक्ने अवस्था रहेको भन्दै त्यस्ता व्यक्तिलाई जिम्मेवारी दिएपछि कुनैपनि लक्ष्य पूरा हुन नसक्ने जिकिर गरे। कार्यक्रममा अन्य विज्ञहरुले भ्रष्टाचार मुक्त समाजको परिकल्पनाबाट नै दिगो विकासको लक्ष्य पूरा हुने बताएका छन् । सरकारले भ्रष्टाचारलाई निर्मुल नगरी कुनैपनि लक्ष्य पूरा गर्न नसक्ने उनीहरुको भनाइ छ ।