काठमाडौँ — कांग्रेस नेता, सांसद तथा प्रखर समाजवादी चिन्तक प्रदीप गिरीको निधन भएको छ ।
घाँटीको क्यान्सरबाट पीडित गिरिको ललितपुरको भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा गएराति निधन भएको हो । गिरिको आजै अपराह्न पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
नेपालका सबैजसो राजनीतिक आन्दोलनमा सहभागी गिरी कांग्रेसका संस्थापक नेता बीपी कोइरालाका सहयात्रीसमेत हुनुहुन्थ्यो ।


प्रतिक्रिया