काठमाडौं– निर्वाचन आयोगले आगामी प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि करिब ११ अर्ब रुपैयाँ बजेट माग गरेको छ।
आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि आजश्यक पर्ने बजेटबारे लेखेर आइतबार अर्थ मन्त्रालयलाई पठाइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।
१० अर्ब ९८ करोड रुपैयाँ बजेट माग गरेका छौं। निर्वाचन सम्पन्न गर्दासम्म त्यति रकम खर्च हुन्छ भन्ने हाम्रो प्रक्षेपण हो, प्रवक्ता शर्माले भने।


प्रतिक्रिया