Breaking

राजनीति राष्ट्र सेवाको माध्यम हो भन्ने प्रेरणा गिरिबाट लिनुपर्छ : प्रचण्ड


काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदीप गिरिको व्यक्तित्वले निस्वार्थ रुपमा समाजसेवामा समर्पित हुनु प्रेरणा दिइरहने बताएका छन् ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा पुगेर दिवंगत नेता प्रदीप गिरिप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रचण्डले भने,‘राजनीतिलाई फोहोरी खेल होइन, समाज सेवाको, जनताको सेवा र राष्ट्रको सेवाको माध्यम हो भन्ने प्रेरणा प्रदीप गिरिबाट लिनुपर्छ ।’

प्रचण्डले गिरिको योगदानबाट प्रेरणा लिने र समाजवादका लागि गरेको चिन्तनबाट शिक्षा लिएर अघि बढ्नु पर्नेमा जोड दिए । ‘अहिले उ उहाँ हामीसँग हुनुहुन्न, उहाँको अभाव धेरै समयसम्म खड्किरहन्छ नेपाली समाजलाई ।’