Breaking

प्रदीप गिरिको निधनबाट मर्माहत भएको छु : अध्यक्ष ओली


काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधनबाट आफू मर्माहत भएको बताएका छन् ।

अध्यक्ष ओलीले आइतबार बिहान ट्विटरमा लेखेका छन्, ‘चिन्तनशील राजनीतिकर्मी मित्र प्रदीप गिरीको निधनबाट मर्माहत भएको छु ।’

प्रतिनिधि सभा सदस्य एवं समाजवादी चिन्तक नेता गिरिको उपचारका क्रममा शनिबार राति ललितपुरको मेडिसिटी अस्पतालमा निधन भएको हो । आज पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिँदै छ ।