Breaking

‘प्रदीपजी ! छिटै छाडेर जानुभो, हाम्रो सल्लाह पूरा हुन पाएन : बाबुराम भट्टराई


काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाली कांग्रेसका नेता एवं समाजवादी चिन्तक प्रदीप गिरिसँग सहकार्य गर्ने सल्लाह पूरा हुन नपाएको बताएका छन् ।

डा. भट्टराईले सहकार्य र सहयात्राको आवश्यकता अझ बढेका बेला गिरिको निधनले आफू स्तब्ध भएको उल्लेख गरेका छन् ।

‘प्रदीपजी, छिटै छोडेर जानुभो! अहिलेको भीषण वैचारिक खडेरीमा हाम्रो सहकार्य र सहयात्रा झन् आवश्यक थियो’, डा. भट्टराईले आइतबार बिहान ट्विट गरेका छन्, ‘टोखाको हार्मोनी हाउजिङमा सँगै बसेर यो वैचारिक खडेरी चिर्न सहकार्य गर्ने हाम्रो सल्लाह पूरा हुन पाएन । तपाईंले राजनीतिमा गहन वैचारिकी र त्यागको जुन मानक छोड्नुभएको छ, त्यो सधैं रहिरहनेछ ।’

नेता गिरिको उपचारका क्रममा शनिबार राति ललितपुरको मेडिसिटी अस्पतालमा निधन भएको हो । आज पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिँदै छ ।